खेलकुद पत्रकार मञ्चलाई मिडिया सेन्टर सञ्चालनको जिम्मा

कास्की | साउन ६, २०७९

खेलकुद पत्रकार मञ्चलाई मिडिया सेन्टर सञ्चालनको जिम्मा

पोखरा:  पोखरा रंगशाला भित्र रहेको मिडिया सेन्टर नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई हस्तान्तरण गरिएको छ । शुक्रबार एक समारोहका बिच उक्त मिडिया सेन्टर संचालन तथा व्यवस्थापनको लागि नेपाल खेलकुद पत्रकार मंच गण्डकीलाई हस्तान्तरण गरिएको हो ।

 

मिडिया सेन्टर व्यवस्थापन समितिका अध्यक्ष केशव पाठकले मञ्च अध्यक्ष दीननाथ बराललाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीको रोहबरमा मिडिया सेन्टर हस्तान्तरण गरेका हुन् ।

 

मिडिया सेन्टरको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी ग्रहण गर्दै मञ्चका अध्यक्ष बरालले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित हुने गरी हस्तान्तरण भएको उक्त मिडिया सेन्टरका कम्पुटर, ल्याप्टप सहितका जिन्सि सामाग्रिको उचित संरक्षण गर्ने बताए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रिपोटिङ गर्न पूग्ने संचारकर्मीहरुको लागि मिडिया सेन्टर चुस्त दुरुस्त अवस्थामा राख्ने उनको भनाइ थियो ।  

 

मञ्चलाई मिडिया सेन्टर हस्तान्तरण गर्न सहयोग पुराउने राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ सहितका अन्य खेलकुदकर्मी तथा मञ्चका पूर्व अध्यक्ष समेत रहेका मिडिया सेन्टर व्यबस्थापन समितिका अध्यक्ष पाठकप्रति आभार व्यक्त गरे ।

 

मिडिया सेन्टरमा रहेका जिन्सि सामाग्रि चुस्त दुरुस्त बनाउदै पोखरा रंगशालामा कुनै पनि जिल्ला तथा प्रदेश, राष्ट्रिय एवं अन्तराष्ट्रिय प्रतियोगिता हुँदा मिडिया सेन्टरको कार्यालय खुल्ला रहने मञ्चले जनाएको छ ।

 

उक्त मिडिया सेन्टरमा ११ थान डेल ब्राण्डको कम्युटर, २ थान ल्यापटप, स्टिल दराज इएक थान, १२ थान कम्पुटर टेवल, २ थान कार्यालय टेवल, एक सेट साउण्ड सिस्टम, ठुलो प्रिटर मेसिन एक थान, ६५ इन्चको एक थान टिभि, एक थान प्राजेक्टर लगायतका संचार सामाग्रि रहेको मञ्चका सचिव शशिकुमार पौडेलले जनाए ।

 

मिडिया सेन्टर हस्तान्तरण समारोहमा क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख योगी, कार्यालयका नायब सुब्बा डिबी नेपाली, इन्जिनियर अनिल अधिकारी, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशि कुमार पौडेल, सदस्य सुर्दशन रन्जित, राजु गिरी, नारायण शाही, दीपक मुल्मी लगायतको सहभागिता रहेको मञ्चका महासचिव राजाराम पौडेलले बताए ।

 

मञ्चले गत असार १८ गते पोखरामा छेटौं संस्करणको पोखरा स्पोटर्स अवार्ड सम्पन्न गरेको थियो । मञ्चले अब छिट्टै खेलकुद सम्बन्धि तालिम समेत आयोजना गर्ने भएको महासचिव पौडेलले जनाए ।

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्